कास्कीका लुम्ले र जुमलेटीमा ठूलो वर्षा, सतर्कता अपनाउन सुझाव

कास्कीका दुई स्थानमा भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएको हो।