ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा बन्न लागेको केबलकार निर्माण रोक्न भन्दै सर्वाेच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि फुङलिङ नगरपालिकाले केबलकार निर्माणका लागि म्याद थपेको छ ।
नगरपालिकाले केबलकार बनाउन म्याद थपेको भन्दै किँरात याक्थुङ चुम्लुङ जिल्ला समितिले आपत्ति जनाएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति नै बनाएर सङ्घर्षको समेत घोषणा गरिएको छ । समितिले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको हो । ‘विगतमा हामीले राखेका पाँच बुँदे मागको सम्बोधन नभइ केबलकार निर्माणको...