किन लम्बिदैछ युक्रेन–रुस युद्ध ?

पूर्वी युक्रेनका युद्ध मैदानमा लडिरहेका युक्रेनी सैनिकले पश्चिमी देशहरूबाट पाएका आधुनिक हतियारहरूले रुसी बम आक्रमण रोकिदिएको बताएका छन् । तर के यो केवल एक अस्थायी विराम हो या आँधीबेहरी अघिको सन्नाटा हो ?विगत केही सातादेखि रुसको बम बारीको सामना गरेका युक्रेनी सहर बखमतको आकाशमा धुवाँको मुस्लो देखिँदै थियो ।  बीबीसी रिपोर्टर पुग्दा दुई युक्रेनी लडाकु विमान कम उचाइमा उडिरहेका थिए । यसैबीच, ८६ वर्षीया अन्ना इवानोभा लठ्ठी टेक्दै बगैँचामा पुगिन् र भनिन्, ‘हामी कहीँ पनि सुरक्षित छैनौं । म आजक