सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् ।