न्युजिल्याण्डले १८ वर्षमा पहिलो पटक पाकिस्तान भ्रमण गर्दै

पाकिस्तानले घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट वापसीको प्रयासलाई निरन्तरता दिदा न्युजिल्याण्डले पाकिस्तान भ्रमण गर्ने लगभग तय भएको छ । तालिका सुनिश्चित भए १८ वर्षमा पहिलो पटक न्युजिल्याण्डको क्रिकेट टोलिले पाकिस्तान भ्रमण गर्नेछ । पाकिस्तालने अगाामी सेप्टेम्बर महिनाका लागि न्युजिल्याण्डसँग तीन अन्तर्राष्ट्रिय एकदिबसीय र पाँच टी ट्वान्टी खेल्ने तालिका सुनिश्चित गर्न केन्द्रित भएको छ । एकदिबसीय खेल रावलपिण्डीमा र टी ट्वान्टी लाहौरमा खेलाइने गरी तयारी भइरहेको छ ।