काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को कार्यालयमा मंगलबार बिहान बसेको बैठकले विप्लवमाथि लागेको प्रतिबन्ध फुकुवाका लागि सिफारिश गरेको स्रोतले बताएको छ ।