मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । उर्लाबारी यसअघि नेपाली काँग्रेसका खड्ग फागोले जितेका थिए । पुनः दोहोर्याएका फागो यस पटक एमालेका गंगा प्रसाद खरेलसँग पराजित भए । खरेलले १२ हजार १ सय ५६ मत ल्याएर विजयी बन्दा काँग्रेसका खड्ग बहादुर फागोले १० हजार २ सय ९० मत ल्याए । उर्लाबारीको उपमेयरमा पनि एमालेकै मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले १० हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन् । काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् । गत चुनावमा मेयरमा काँग