काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले रातोपाटीसँग भने–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।