मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता

सम्बन्धित सामग्री

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगर- छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार आमाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएकी ५० बर्सिया मानकी देवी साहको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन […]

बारामा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा घाइते

बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना

आमाछोरा चढेको मोटरसाइकल दुर्घटना, आमाको मृत्यु, छोरा गम्भीर

गौशाला । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह ...