सभामुख देवराज घिमिरेले विभिन्न जिल्लामा कलाकार पुगेर सिर्जना गरिएका चित्र काठमाडौँमा ल्याई प्रदर्शन गर्दा त्यसले सम्पदाको महत्व बढाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताउनुभएको छ । काठमाडौँको नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’को अवलोकन गर्नुहुँदै सभामुख घिमिरेले यस्ता कार्यक्रम हरेक जिल्लामा आवश्यक रहेको बताउनुभयो । “खोटाङको दिक्तेलमै पुगेर कलाकारले चित्र निर्माण गर्नु महत्वपूर्ण …