जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरुले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूहरुको पक्षमा अत्यधिक बहुमत देखिएको तर अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई पार्टीबाट हटाउन नचाहेको बताए । विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो । ‘आयोगमा हाम्रो पक्षमा अत्याधिक बहुमत देखि