मोरङका अधिकांश पालिकामा गठबन्धन नगर्न काँग्रेसको सुझाव

नेपाली काँग्रेस मोरङका अधिकांश पालिका समितिहरुले गठबन्धन नगर्ने सुझाव जिल्ला समितिलाई दिएका छन् । ०७४ सालको स्थानीय निर्वाचनमा मोरङमा मात्रै १० वटा पालिका जितेको थियो । काँग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै जिल्ला जिल्लामा तालमेलको प्रयास भएको थियो । यद्यपि काँग्रेसले माग गरेको सुझाव अनुसार मोरङ काँग्रेसका स्थानीय समितिहरुले केही वडामा तालमेल गर्नुपर्ने बताए पनि अधिकांश पालिकामा एक्लै चुनाव लड्नुपर्ने सुझाव दिएका छन् । काँग्रेस मोर