सञ्चार तथा सूचना प्रविधितर्फ ८ अर्ब ५९ करोड विनियोजन

जेठ १५,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधितर्फ ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतवार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।