भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

नवलपरासी : एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल सञ्चालकहरुले भुक्तानी नगरेकाले आन्दोलनको बिकल्प नभएको उनीहरुले बताए।  किसानहरुले प्रतापपुरको बेलाटारीमा उखु कृषकहरुको बृहत् भेला गरेर आन्दोलनमा जाने निर्णय गरेका हुन्। उनीहरुले...

सम्बन्धित सामग्री

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

सर्लाही । चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष विक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गत वर्ष उखु विक्री गरेबापत राज्यले दिनुपर्ने प्रतिक्विन्टल रु ७० मध्ये हालसम्म प्रतिक्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी प्रतिक्विन्टल रु ४९ अनुदान बापतको रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।  साथै चालु यामको लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गराउनुपर्ने उनीहरूको भनाइ छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिवारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए । उनका अनुसार चालु यामका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रतिक्विन्टल रु ७० मध्ये हालसम्म पनि भुक्तानी हुन बाँकी रहेको प्रतिक्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको छ ।  नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रतिक्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे । उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेको बताए । उनका अनुसार उखुको लागत र चिनीको विक्री मूल्य अनुसार उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० हुनुपर्ने, गत वर्ष उखु विक्री गरेको अनुदान बापतको बाँकी रु ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरूको भनाइ छ । रासस

सांसद कानोडियाको चिनी मिलले १२ हजार उखु किसानको पैसा तिरेन

२६ असोज, काठमाडौं । चिनी मिलले उखुको पैसा नतिरेको भन्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गोडौता नगरपालिका–६ मा रहेको महालक्ष्मी सुगर मिलले १२ हजार किसानको १० करोड रुपैयाँ एक वर्षदेखि भुक्तानी नगरेको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । एक लाख ९२ हजार ३०७ क्विन्टल ७६ किलो उखु बिक्रीको पैसा नपाउँदा किसानहरु […]

उखु किसानले आन्दोलनपछि कति रकम पाए कति पाउन बाँकी छ ? (विवरणसहित)

विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र आन्दोलित उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको रु ६५ करोड ३१ लाख बक्यौता रकम...

सर्लाहीका उखु किसान आन्दोलित

सरकारले सम्झौता गरेको समय अवधिमा पनि भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसान आन्दोलित बनेका छन् । विज्ञप्ति

तोकिएको मूल्य नपाएपछि उखु किसान आन्दोलित

वलपरासी । पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न

कपिलवस्तुका उखु किसान आन्दोलित

कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं पुगेका हुन् ।