जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आइसीयुसहितको भेन्टिलेटर सञ्चालनको तयारी गरिएको छ । कोभिडको दोस्रो भेरियन्टको समयमा स्थापना गरिएको आइसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्न एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए । दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गत वर्ष उदयपुर अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा दिने तयारीका जडान गरिएको