परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री प्रदान

धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाले वैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाले नगरभित्रका १० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।  परदेशमा मृत्यु भएका ४ जना, परदेशमा अभिभावक हराएकाका १ जना, भनेको जस्तो कमाई नभएर स्वदेश फर्किएका २ र  विदेशमा भनेको जस्तो काम र तलब नभएको ३ जना गरी १० जना परदेशीका बालबालिकाल...