कांग्रेस शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । […]