साँखुमा आज सत्ता गठबन्धनको चुनावी सभा

काठमाडौं : सत्तारुढ गठबन्धनले आइतबार काठमाडौंको साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ। साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभामा कांग्रेसका नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित काठमाडौं क्षेत्र नम्बर–२ का उम्मेदवारहरूले सम्बोधन गर्ने कार्यक्रम छ।चुनाव परिचालन समिति संयोजक एवं नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गर्न