एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्ने ८ वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउनेछन् । उक्त ऋणपत्रमा खरिदका लागि छिटोमा माघ ६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्रका इकाई बिक्रीका लागि माग परेको खण्डमा भने माघ १७ गतेसम्म निष्काशन अवधि तोकिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि...