लुम्लेमा ५० देशका दुई सय बढी समाजशास्त्रीको भेला हुँदै

पर्वत : नेपालसहित भारत, चीन, बेलायत, जापान, नर्वे, अमेरिका लगायतका ५० भन्दा बढी देशका दुई सयभन्दा बढी समाजशास्त्रीहरु कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित लुम्लेमा भेला हुने भएका छन्।नेपालका समाजशास्त्रीहरुको व्यावसायिक संस्था नेपाल समाजशास्त्र सङ्घको आयोजनामा लुम्लेमा हुन लागेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि उनीहरू समाजशास्त्रीहरु आउन लागेका हुन्।यही भदौको १५, १६ र १७ गते क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको सभा हलमा हुने कार्यक्रममा ५० भन्दा बढी देशका समाजशास्त्रीहरु