काठमाडौं : बुधबारबाट देशभरि औद्योगिक ग्राहकका लागि लोडसेडिङ हुने भएको छ।बिजुलीकाे माग आपूर्ति गर्न लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतले बिजुली बेच्न नसक्ने जानकारी दिएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो।अहिले घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन। मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।‘अहिले भारतबा