काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १,०४,७८९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ९७,७०४ होम आइसोलेसनमा र ७,०८५ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ३८,६४२ होम आइसोलेसनमा र २,६८६ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,४९१ जना आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ७२५ जना क्वारेन्टाइनमा छन्।