मौलिकता जोगाउन मगर सङ्ग्रहालय

रुकुमपूर्वमा मगर सङ्ग्रहालय निर्माण गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१०, तकमा मगर सङ्ग्रहालय निर्माण भएको हो । गत आर्थिक वर्षमा यस सङ्ग्रहालयको भवन निर्माण गरिएको हो । यस वर्ष थप व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ । मगर समुदायको कला, संस्कृति, रहनसहन, परम्परागत संस्कार, वेशभूषा, भाषा, सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न सङ्ग्रहालय निर्माण गरिएको पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।

सम्बन्धित सामग्री

मगर संस्कृति संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण

मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो ।

म्याग्दीमा मगर सङ्ग्रहालय सञ्चालन

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गापा–८ काफलडाँडास्थित करबाकेली इको ट्रेकमा मगर समुदायमा लोपोन्मुख सामग्रीको सङ्ग्रहालय स्थापना गरिएको छ।पुन समुदायको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न स्थापना गरिएको सङ्ग्रहालयको मंगलबार सगरमाथा आरोही तथा नायिका दिया पुनले उद्घाटन गरेकी छिन्।लोप हुन लागेको पुन समुदायको कला संस्कृतिको संरक्षणका साथै पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरिएको करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताए।सङ्ग्रहालय उद्घ

एक करोडको लगानीमा मगर सङ्ग्रहालय

रुकुमपूर्व – पुथा उत्तरगंगा गाउँपालिका – १०, तकमा मगर सङ्ग्रहालय निर्माण भएको छ । गएकाे आर्थिक वर्षमा भवन निर्माण गरिएको मगर सङ्ग्रहालयको यस वर्ष थप व्यवस्थापन गर्दै सञ्चालन हुने भएकाे हाे ।  मगर समुदायको कला, संस्कृति, रहनसहन, परम्परागत संस्कार, भेषभूषा, भाषा, सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्नको लागि मगर सङ्ग्रहालय निर्माण गरिएको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । मगर समुदायको बाहुल्यता रहेको रुकुम पूर्वमा सङ्ग्रहालय निर्माणको विशेष महत्...

मगर सङ्ग्रहालय स्थापना

आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले घोराही उपमहानगरपालिका–१३, नयाँ बसपार्कमा मगर जातिको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ ।नयाँ पुस्ताले विस्तारै मौलिक संस्कृति र परम्परा बिर्संदै गएकोमा चिन्तित देखिनुहुन्छ, मगर समुदायका अगुवा प्रेम बुढामगर ।नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय स्थापना गरिएपछि उहाँ खुसी हुनुहुन्छ ।

दोस्रो राष्ट्रिय मगर महोत्सव शनिवारदेखि

यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ ।मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिवारदेखि  सो महोत्सव आयोजना गर्न लागेको हो ।  प्रदर्शनी कक्ष , खेलकूदको मैदान  र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन्  । क्लबका ...

दोस्रो राष्ट्रिय मगर महोत्सव शनिबारदेखि

पर्वत । यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि  सो महोत्सव आयोजना गर्न लागेको हो ।  प्रदर्शनी कक्ष , खेलकुदको मैदान  र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन्  ।&nbs...