काठमाडौं– काठमाडौं -४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर थप बढाएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले चार हजार ९ सय ५४ मत ल्याएर अग्रता कायमै राखेका छन् । नेकपा एमालेका भट्टराईले तीन हजार ८ सय ५१ मत पाएका छन् ।
काठडमाडौं । काठमाडौं ४ को मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतले अगाडि रहनुभएको छ । थापाले ८ हजार १८७ मत प्राप्त गनुएभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गनुएभएको छ ।
काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले […]
काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् […]
The post गगन थापा खुले पौडेल समूहमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.