निःशुल्क यातायात सेवा सञ्चालन

मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ । दिवा स्याहार केन्द्रसम्म आउन जान निःशुल्क यातायात सेवा सञ्चालन गरिएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले दैनिक दुई घण्टासम्म हिँडेर तानसेनमा रहेको स्याहार सेन्टरसम्म आउने गरेका मस्तिष्कघात भएका बालबालिकाको यात्रा सुविधाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । बालबालिकालाई निःशुल्क यातायात सेवाले केन्द्रसम्म आई उपचार तथा सहजीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

निःशुल्क हवाई तथा यातायात सेवा सञ्चालन गरिने

काठमाडौं । नेपाली सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । यस वर्षको बडा दशैँलाई लक्षित गर्दै सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको हो । आज (आइतबार) सेनाले एक प्रेसनोट जारी गर्दै दशैँ बिदामा घर जाने बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा सुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान […]

नेपाली सेनाद्वारा दसैँ लक्षित निःशुल्क यातायात सेवा सञ्चालन

काठमाडौं । नेपाली सेनाले दसैँलाई लक्षित गर्दै निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । दसैँमा घर जाने सेनाका बहालवाला सकलदर्जा तथा तिनका परिवारहरूलाई विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्न लागेको हो ।  भदौ २९ देखि असोज १८ सम्म सेनाले स्थल एवं हवाई माध्यमबाट सकलदर्जा तथा आश्रित परिवारहरूलाई आ–आफ्नो...

गगन थापाको क्षेत्रमा संक्रमितका लागि निःशुल्क यातायात सेवा शुरू

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ ।सांसद थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत सेवा शुरू भएको जानकारी दिएका छन् ।उनले ट्विटरमा भिडियो सन्देशसँगै लेखेका छन्, ‘घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन, परीक्षण गर्न व...