मलाई यो भन्न धक छैन कि माले विद्यार्थीको तर्फबाट म २०३५-३६ सालको विद्यार्थी आन्दोलनको प्रमुखमध्ये एक थिएँ। मैले अस्कल क्याम्पसबाट यसको संचालन गरेको थिएँ। २०३६ पछि एकताको पाँचौं भनिएको अनेरास्ववियूबाट अस्कलमा जे–जति भए, त्यसमा मैले नेतृत्व गरेको थिएँ। आन्दोलन जे-जसरी सकियो, यसबारे पछि कुनै सन्दर्भमा कुरा गरौंला। आन्दोलनपछि म माले पार्टी विस्तार गर्न सिन्धुपाल्चोक जिल्लाको […]