बालकथा : सौतेलो छोरो

धनप्रसादकी श्रीमती मिनाको एउटा छोरो जन्मेको थियो । छोरोको नाम रोदन थियो । रोदन एक वर्षको हुँदा मिनाको मृत्यु भएको थियो । एक वर्ष पनि नबित्दै धनप्रसादले दोस्रो विवाह गर्‍यो । दोस्रो पटक विवाह गरेको श्रीमतीको नाम रुकमिणी थियो । वर्ष दिनपछि रुकमिणीले पनि छोरा जन्माइन् । छोराको नाम सचिन राखियो । सचिन जन्मिँदा रोदन दुई वर्ष नाघेको थियो । सचिन बढ्दै गयो । रोदन पनि ठूलो हुँदै गयो ।  रोदन ज्ञानी थियो । सचिन चाहिँ चकचके थियो । समय बित्दै गयो । रोदन र सचिन दुवै ठूला भए । दुवै छोरालाई स्कुलमा पढ्न