सरकारले रेसमखेती विस्तारका लागि किसानहरूसँग आवेदन माग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यावसायिक किट विकास कार्यक्रमअन्तर्गत रेसमखेती विस्तारका लागि आवदेन माग गरेको हो ।
काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि नेपाल सरकारले सक्रियता देखाएको छ । चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज चक्रपथ सडक खण्डमा नेपाल पक्षले ‘साइट क्लियर’को काम सम्पन्न गरेपछि चिनियाँ पक्षले विस्तारका लागि जिम्मा लिने सम्झौतामा उल्लेख छ । नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान […]
The post चक्रपथ विस्तारः सरकारले बढायो सक्रियता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीयस्तरसम्म आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको सांसद्हरूले गरेका प्रश्नको जवाफ दिँदै नवनियुक्त मन्त्री खापुङले प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना र प्रत्येक पालिकामा पाँच, १० र १५ शै्ययाको अस्पताल निर्माण गर्र्नेतर्फ मन्त्रालय केन्द्रित भएको बताए । संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने र कसैलाई पनि आकस्मिक सेवा
सुर्खेत – कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खेर बसेको छ । मन्त्रालय भागबन्डा नमिलेपछि कर्णालीको मन्त्रिपरिषद् विस्तारको विषय अहिले केन्द्रीय गठबन्धनसम्म पुगेको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाही गएको कात्तिक १६ गते कर्णालीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन भएको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको तीन दलीय गठबन्धन सरकार छ । मन्त्रालय दाबीमा दलहरूका...
कोरोना संक्रमणको तेस्रो लहरको तयारीस्वरुप सरकारले बालबालिकाका लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयु बेड थप्ने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले विस्तार गर्ने भौतिक पूर्वाधारका बारेमा जानकारी दिएका हुन्। उपचारात्मक सेवा विस्तारका लागि हाइडिपेन्डेन्सी युनिट (एचडीयु) बेड देशभरका सरकारी अस्पतालहरुमा २०७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा रहेको र १४०० […]
सरकारले नवप्रवर्तनमा आधारित (स्टार्टअप) व्यवसायको विकास र विस्तारका लागि एक कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको र त्यसले स्टार्टअपसँग सम्बन्धित सम्पूर्ण विषयमा आवश्यक सुझाव दिनेछ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअपका लागि रु एक अर्ब बराबरको बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयमा आज भएको सरोकार पक्षहरूको छलफलका आधारमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै नेपाल उद्योग वाणिज्य महासङ्घ र ने...
काठमाडौं। नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ। महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटले सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनर्कर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था गरेकाले सकारात्मक रहेको महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए।