माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको पूर्वराजाहरुको जति मान सम्मान पनि नभएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले राज्यका संवैधानिक अंगहरु इतिहासमै सवैभन्दा कमजोर अहिले रहेको टिप्पणी गरे । ‘राज्यका अंगहरु अहिलेजति कमजोर कहिल्यै देखिएका थिएनन् । अख्तियार, निर्वाचन आयोग, हुँदा हुँदा राष्ट्रपति कार्यालय हेर्नुस त’, प्रचण्डले भने ‘संविधानको रक्षक भनेर हामीले बनाएको राष्ट्रपति संस्था भन्नेको त न मान, न सम्मान र इज्