संघीयता खारेज गरेर राजतन्त्रको बाटोमा जाने पार्टी अध्यक्ष रविन्द्र मिश्रको लाइन नमानेपछि विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई कार्वाही गरिएको छ । यो परिघटनाले पार्टी पुनः फुटको संघारमा छ । पाण्डेले समानान्तर समितिसमेत बनाएका छन् । पार्टीको संसदीय दलको नेता रमेश पौड्याल अवस्था परिवर्तनभन्दा केही साथीहरु फेरि व्यवस्था परिवर्तनतिरै फर्किन खोजेकाले पार्टीमा अन्तरविरोध आएको भनेर मिश्रको आलोचना गरेका छन् । उनले संयोजक पाण्डेमाथिको कारवाहीको कुनै औचित्य नरहेको पनि जिकिर गरेका छन् । प्रस्त