पैसा बाँडेको आरोपमा मेयरकी उम्मेदवार प्रहरी नियन्त्रणमा

बागलुङ : प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ। मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको हो।बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मी