काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। सिंहदरबारमा मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए। ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन,’ […]