तमानखोला गाउँपालिकाले बनायो आफ्नै स्थानीय पाठ्यक्रम

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ । ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई […]