समयमै नरोके मुलुक निरंकुशतातर्फ अगाडि बढ्ने खतरा छ : गिरिराजमणि पोखरेल [कुराकानी]

पुस ५ गते जुन घटना भयो, संसद् विघटनको प्रक्रिया जसरी अगाडि बढाइयो, वास्तवमा भन्ने हो भने त्यो संविधानसम्मत् छैन । यो जनादेशअनुरूप पनि छैन । लोकतान्त्रिक पनि छैन भनेर हामी सातजना मन्त्रीहरूले पार्टीकै निर्देशनमा त्यति बेला नै राजीनामा गरेका थियौं । प्रधानमन्त्रीले जुन ढंगले संसद् विघटनको प्रस्ताव लिएर जानुभयो, यहाँहरू सबैलाई थाहा छ, विगतमा जस्तो संसद् विघटन गर्ने विशेषाधिकार उहाँलाई छैन । संविधानको धारा ७६ को २ देखि ७ सम्म हेर्नुभयो भने पहिलो बहुमतको सरकार हुन्छ, त्यसपछि गठबन्धनको सरकार हुन्छ, त्यसपछि सबैभन्दा ठूलो पार्टीक...