बहुप्रतीक्षित ६६५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माणका लागि समझदारी भएको छ । खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङमा रहने पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो ।नेपाल विद्युत प्राधिकरण, दूधकोसी जलाशययुक्त आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबीच धितुङको […]