काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मालाई आमन्त्रण गरेपछि उनीहरू गएका हुन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको […]