प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानून निर्माणको काममा केन्द्रीत हुने बताएका छन्। सभामुख महराले कानून निर्माणका लागि आवश्यक विधेयक प्रतिनिधिसभामा पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिएको पनि स्पष्ट पारे। बुधबार सिंहदरबारमा संचारकर्मीमाझ उनले संवैधानिक व्यवस्था अनुसार असोज ३ गतेभित्र कानून निर्माण गर्नुपर्ने भएकाले सोही अनुसारको कार्ययोजना बनाएर आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सभामुख महराले…