भारत गुजरातका मुख्यमन्त्री विजय रुपाणीले निर्वाचनभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिएका छन् ।
उनले सञ्चारकर्मीसँग पार्टीमा समयसँगै दायित्वमा पनि परिवर्तन भइरहने बताए । ‘भारतीय जनता पार्टी (भाजपा)मा यो स्वाभाविक प्रक्रिया हो । मलाई पाँच वर्ष वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिइएको थियो, जुन मैले पूरा गरेको छु,’ उनले भने ।
भनिन्छ राजीनामाको पछाडि आगामी वर्ष हुने विधानसभा चुनाव हो । मुख्यमन्त्री परिवर्तनसँगै जनताको असन्तुष्टि कम हुने र केही आशा पनि जाग्ने भएकाले एक वर्ष अघि नै राजीनामा दिइए...