प्रशान्त महासागरमा चिनियाँ सेना हाबी भए : अमेरिकी जनरल

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको बताएका छन् । अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको उनले बताए । अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरुसँग पुनः तालमेल गर्ने उद्देश्यले भएको हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन् ।चिनियाँ जनरल ली जुओचेङले यस महिन