श्रमिकको ज्याला वृद्धि, सामूहिक बीमा अनिवार्य

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाएका श्रमिकको पारिश्रमिक वृद्धि भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेपछि श्रमिकको पारिश्रमिक वृद्धि र बीमा अनिवार्य गर्ने व्यवस्था गरेको हो ।