ठूला दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाए : अध्यक्ष लिङ्देन

पर्सा : मुलुकका ठूला राजनीतिक दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्। पर्साको वीरगन्जमा मंगलबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।चुनावी सभामा मंगलबार साँझ सम्बोधन गर्दै उनले भने ‘एमाले, कांग्रेस लगायत गणतन्त्रवादी ठूला दलहरुले मुलुकलाई वेरोजगार उत्पादन गर्ने कारखाना बनाए। देशलाई असफल राष्ट्र हुनबाट जोगाउनु छ। यसका लागि युवाहरुलाई मुलुक भित्रै रोजगारी