स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकार मुख्यसचिव शंकरदास वैरागीले अङ्ग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले मुत्यापश्चात् अङ्ग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अङ्ग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्याउनु पर्ने भएको थप जनशक