फि नबढाउन माग गर्दै थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरि शिक्षामा लगानी गर्नुपर्नै भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फि बढाउने […]

सम्बन्धित सामग्री

थापाथली र पशुपति बहुमुखी क्याम्पसँग एनआईसी एशिया बैंकको सम्झौता

एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ । बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दैै यी क्याम्पसका विद्यार्थीले भर्ना शुल्क, सेमेस्टर शुल्क, […]

शुल्क भुक्तानी अब डिजिटल प्लेटफर्ममाफर्त

एनआईसी एशिया बैंकले काठमाडौंस्थित थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गरेको छ। बैंकले उक्त क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ।...

थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक शुल्क डिजिटल प्रणालीमार्फत

काठमाडौं । एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले हरेक शैक्षिक शुल्कहरू डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न प्रणालीको शुरुवात गरेको छ । बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गरेको हो । सम्झौता अनुसार क्याम्पसमा लाग्ने शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, […]

तेस्रो नेविसंघ ईन्टरटेक्निकल टुर्नामेन्ट सम्पन्न, शशांकद्धारा पुरस्कार वितरण

काठमाडौं, १० माघ । नेविसंघको पुल्चोक ईन्जिनियरिङ क्याम्पस ईकाइले आयेजना गरेको तेस्रो नेविसंघ ईन्टरटेक्निकल टुर्नामेन्ट समापन भएको छ । उक्त प्रतियोगिताको आज फाईनल खेलको प्रमुख अतिथि भने नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. शशांक कोइराला थिए । कोइराला र नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विजेताहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

थापाथली क्याम्पस र सीनबीच विद्युतीय सवारी साधनको विकासमा सहकार्य गर्ने सहमति

काठमाडौं । नेपालमा आयातीत पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरूलाई नेपालमै उत्पादित विद्युतबाट चल्ने विद्युतीय सवारी साधनमा परिवर्तन गर्न आवश्यक अनुसन्धान तथा प्रविधि विकासका लागि थापाथली ईन्स्टिच्यूट अफ ईन्जिनियरिङ, थापाथली क्याम्पस र सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन) बीच सहकार्य गर्ने सहमति भएको छ । उक्त सम्बन्धमा शुक्रबार थापाथली क्याम्पसका क्याम्पस प्रमुख ई. जनार्दन भट्ट र […]

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइनका विजेता घोषणा

काठमाडौं (अस) । एशिएन पेन्ट्सले आफ्नो वार्षिक आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजेता घोषणा गरेको छ । पेन्ट्सले  यालिडोस्कोपको अन्तिम चरण र विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको हो । प्रतियोगिताको विजेता आईओर्ई पुल्चोक क्याम्पसकी रोजिता अवाले भइन् । उनले ७० हजार नगद पुरस्कार प्राप्त गरिन् । त्यस्तै फस्र्ट रनरअप एक्मी इन्जिनियरिङ कलेजका प्रशान्त देशार भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । सेकेन्ड रनरअप काठमाडौं इन्जिनियरिङ कलेजका अनिल कुँवर भएका थिए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कार विजेताहरूमा आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठ रहेकी थिइन् । उनीहरूले जनही १० हजार रुपैयाँ नगद पाए । एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१–२२ संस्करणले नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको कम्पनीले दाबी गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार यस अघिदेखि नै नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग तथा केही प्रतिष्ठित लाइभ परियोजनामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिँदै आएको छ । क्यालिडोस्कोपको पहल मार्फत विद्यार्थीले आफ्नो सृजनशीलता व्यक्त गर्ने र उपलब्धिको भावना विकास गर्ने अवसर पाउने विश्वास कम्पनीले लिएको छ । प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वप: इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३० जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि शिक्षा सचिव यादवप्रसाद कोइराला र विशेष अतिथि गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबाबु कँडेल थिए ।

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । पुष १८ गते थापाथली क्याम्पस परिसरमा अमेसियनको सहयोगमा उक्त कार्यक्रम भएको थियो । थापाथली क्याम्पसबाट प्रतिनित्व गरेका आयुष दुलालको स्वागत मन्तव्यबाट कार्यक्रमको शुरू भएको थियो । पहिलो अभिमुखीकरण कार्यक्रममा समावेश भइसकेका दुलालले हल्टको विषयवस्तुमा केही भनाइहरु राख्दै सबैमाझ...