एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

माेरङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल प्रदेश समितिले आज आइतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवराेध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेन्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरू...