गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा

गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिनुभयो । दोस्रो चरणको भाइरसको सङ्क्रमण तीव्र भएकाले स्वास्थ्य सतर्कता अपनाउन पनि उहाँले नगरवासीमा आह्वान गर्नुभएको छ ।

सम्बन्धित सामग्री

गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा

गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।