नेकपाका सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मृत्यु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा गम्भीर एवं सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । उहाँ सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाह निवासी हुनुहुन्थ्यो । अहिले उहाँको शव बरहथवाबाट परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो । रासस

सम्बन्धित सामग्री

मसाल जुलुसबाट फर्कंदै गरेका नेकपाका सर्लाही इन्चार्ज बाटोमै मृत भेटिए

मसाल जुलुसबाट फर्कंदै गरेका नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज डाचाराज वाग्ले बाटोमै मृत अवस्थामा भेटिएका छन् । उनको दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले जंगलमा मृत भेटिए - Purbeli News

सर्लाही / आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शंकास्पद अवस्थामा निधन भएको छ । बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका-९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो । प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको जनाएको छ । इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको...