नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मिति फेरी संशोधन गर्ने तयारी भएको छ । काँग्रेसले यसअघि १६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने गरी १४र्औं महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर क्रियाशील सदस्यताको विवाद समाधान नभएपछि काँग्रेसले निर्धारित मिति भन्दा केही दिन पर महाधिवेशनको मिति सार्न लागेको हो ।