प्रधानमन्त्री देउवाको गृह प्रदेशमा गोविन्द केसीको २०औँ सत्याग्रह शुरु

धनगढी : कैलालीको धनगढी पुगेका चिकित्सा शिक्षासम्बन्धी अभियन्ता प्राडा गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह शुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह शुरु गरेका हुन्।डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई २ साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए। तर आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहप्रदेशमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए।‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ