'ब्रिटेन पुगेका नेपाली मूर्ति फर्काउन पहल शुरु'

झन्डै ३५ वर्ष अघि पाटनबाट हराएर हाल ब्रिटेन पुगेका १२ औँ शताब्दीको उमा महेश्वर सहित १४ वटा प्राचीन मूर्तिहरु नेपाल फर्काउन पहल थालिएको अधिकारीहरुले बताएका छन्।

सम्बन्धित सामग्री

बजेट अभाव हुँदा विदेश पुगेका मूर्ति फर्काउनै समस्या

नेपालका विभिन्न मन्दिरबाट हराएका पुरातात्विक महत्वका मूर्ति विभिन्न समयमा विदेशमा फेला पर्ने गरेका छन् । तर, यसरी फेला परेका मूर्ति फर्काउन बजेटको अभाव देखिएको छ । बजेट अभावकै कारण अमेरिकामा फेला परेका मूर्ति फर्काउन समस्या भएको पुरातत्व विभागका प्रमुख अधिकृत सुभद्रा भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार अमेरिकाबाट पाँच वटा मूर्ति फिर्ता ल्याउने प्रक्रियामा छन् । सबै मूर्ति राजदूताबासमा राखिएको छ । उहाँका अनुसार जसमध्ये दुई वटा मूर्ति भने फिर्ता गर्ने सहमति भइसकेको छ ।

विदेशिएका पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउने पहल

काठमाडौँ– विभिन्न समयमा नेपालबाट बाहिरिएका मूर्ति, थाङ्कालगायत पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउन पुरातत्व विभागले पहल सुरु गरेको छ । विभिन्न देशमा चोरी निकासी भएर पुगेका नेपालको भनी स्वामित्व पहिचान भएका सम्पदा फर्काउन नेपाली राजदूतावास, इन्टरपोल र ती देशका सङ्ग्रहालयसँग मिलेर सूचना सङ्कलन गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा रहेका […]