सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बनमा परेका छन्।बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएसँगै लामिछाने निलम्बित भएका हुन्। निलम्बनमा परेसँगै अब लामिछानेले राष्ट्रिय टोलीबाट कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन्।नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा रहने छैनन्। अर्को आदेशबाट सफाइ पाएको खण्डमा भने उनी राष्ट्रिय टोलीमा हुने छन्। अन्यथा उनले नेपालको जर्सीबाट खेल्न नपाउने चन्दको भनाइ छ।सन्दीपलाई हुने सजा

सम्बन्धित सामग्री

सन्दीप लामिछाने रिहा

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो।

के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा भए। अदालतले अन्तिम फैसला गर्‍यो। के यस्ता समाचारहरु तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएको छ ? त्यसो भए सुरुमा तपाईँलाई के लाग्छ जानौँ। यहाँ क्लिक गरी आफ्नो विचार व्यक्त गर्नुस्। यसरी भयो भाइरल २ लाख ३८ हजार फलोअर्स भएको ‘लभ डायरी’ नामको एउटा… Continue reading

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उहाँलाई […]

काठमाडौं ओर्लिए सन्दीप लामिछाने

काठमाडौं : बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं अवतरण भएका छन्। १० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो। मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को मारेको थियो। उनी कतार एअरवेजको ६४८  नम्बरको उडानमार्फत् काठमाडौं आएका हुन्। उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्। प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ। सुरुमा जाहेरी परेको गौशला बृ

सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी

काठमाण्डाै – नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्य...

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगलको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।...

दुर्भाग्यवश फिनिस गर्न सकेनौं : सन्दीप लामिछाने

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने पपुवा न्यूगिनीसँगको खेलमा दुर्भाग्यवश फिनिस राम्रो नभए पनि नेपाली टिमका धेरै सकरात्मक पक्ष देखिएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग ६ विकेटले हारेपछि पत्रकारसँग कुरा गर्दै सन्दीपले बलिङ्गमा ३०-४० रन बढी दिएकाले हार्नु परेको बताए । ‘पीएनजीविरुद्ध राम्रो ब्याटिङ भयो,’ उनले भने, ‘ […]

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिने भएको हो ।

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

३० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु […]